प्रेरणा लियर आऊ है
Written/Posted by Prayas Wednesday, 13 April 2011 09:24
( 3 Votes )
प्रेरणा लियर आऊ है

नया बर्ष तिमि आयौ- गयौ
सधै झैँ एउटा नियमित प्रक्रिया बनेर
न कुनै खुसीको कोशेली दियर गयौ
न त् आखा मा आँशु नै छल्कायर गयौ
मैले पनि तिम्रो आगमन मा
केहि नुतन गरिन स्पन्दनहीन बनि बसे
न साष्टाङ्ग दण्डवत गरे न स्वास्ती
न टा टा बाई बाई को हात नै हल्लाए
सायद तिमि नेपाली नया बर्ष भएर होला
तिम्रो एस्तो अपमान भएको हगी ?
आयातित हुन्थ्यौ भने शहर भरि रंगी चंगी तोरण हुन्थ्यो
रिसोर्टहरुमा महँगा सिसि रित्तिने थिए तिम्रो स्वागत मा
एउटा अनौठो चहलपहल देख्ने थियौ
हुतिहारा पिछलग्गु हरु ले तिम्रो अपमान गरे
तिमीलाई त् थाहै छ हामी नेपाली हरु कस्ता छौ
सम्मान गर्नु पर्ने लाई अपमान गर्न औधी सिपालु
बिदेशी रछान मा फालिएको डङ्गुर लाई
निधार को टिका बनाउन पछि पर्दैनौ हामी
आफ्नो खेतमा हलो जोत्दा गएको इज्जत
बिदेशीको शौचालय सफा गरेर फ़र्काउछौ हामी
लोक आधुनिक सङ्गीत पछौटेपन को प्रतिक ठान्छौ
तेसैले त बुझ्नै नपर्ने रक, पप, हिपप मा रमाउछौ हामी
आधुनिक बन्ने लहड मा बहुलाउदै गयका छौ हामी
सद्धे लुगा च्यातेर , टाटेपाटे कपाल जिंग रिङ्ग पार्छौ हामी
मान्छे को के कुरा पशु पनि मुण्टो बटारछ हामीलाई देखेर
तेसैले हे नया बर्ष अब को पाली अलिकति सद्बुद्धि लियर आऊ
हरेक नेपालीको घर आगनमा प्रेरणा बोकेर आऊ है
म क्यालनडर भरि आँखा ओछ्याएर तिमीलाई पर्खने छु
सके भने फुल माला, तोरण अबिरले तिम्रो स्वागत् गर्नेछु
नसके पनि केहि न केहि त अवस्य पनि गर्ने छु !!!
- प्रयास
| < Prev | Next > |
|---|


