Home Literature गजल

गजल

( 0 Votes )



चकमन्न अँधेरिको रात भए पुग्छ मलाई 
चाहिदैन माया तिम्रो साथ भए पुग्छ मलाई  
फूलिराख्नु फूल भै जुनीजुनी सम्म तिमि 
कुहिएर झरिजाने पात भए पुग्छ मलाई

एकान्तमा एक्लै म टोलाएर बस्नुभन्दा 
तिम्रो याद भुल्नलाई मात भए पुग्छ मलाई 

जिन्दगीमा हसिखुसी तिमिबिना जीउनलाई  
घृणासरि गरिएका बात भए पुग्छ मलाई 

मेरोलागि अलिकति चोखोमाया दिन्नौ भने 
मायाहैन बिश्वासमा घात भए पुग्छ मलाई