गजल "लुक्ने होइन है"
Written/Posted by कृष्ण के श्रेष्ठ "काल्स" Sunday, 06 February 2011 18:52
( 1 Vote )
हुन त आफु पनि बिदेशिएको छ, तर मान्दैन यो मन बिदेशमा रम्नको लागि । सधै आफ्नो देश, परिवारको यादले सताई रहन्छ त्यसैले आज नेपाल भएर बिदेशिएका "म" लाई गाली गर्दै अनि आग्रह गर्दै गजल लेख्ने प्रयास गरेको छु ।
स्वाभिमानी नेपाली झुक्ने होइन है
जान्छौ त जाऊ तर लुक्ने होइन है
पैसाकै लोभमापरि दिनरात जोतिएर
कामैकामले आफुचांही सुक्ने होइन है
बिदेशी त्यो भूमिको महानता देखेर
कोहिकसै संगपनि चुक्ने होइन है
स्वर्गनै पो भन्ठानी परदेशी मरुभूमि
नेपाललाई छिछिगरि थुक्ने होइन है
जे भएनी मातृभूमि सुन्दर नेपालको
दुर्दशालाई अरुमाझ फुक्ने होइन है
| < Prev | Next > |
|---|


