Home Literature

Literature

तरकारीको महिमा (भाग १ ) : ब्यङ्ग्यबन्ध

Written/Posted by prem oli Tuesday, 25 October 2011 09:58

( 1 Vote )

तरकारीको महिमा  (भाग १  ) : ब्यङ्ग्यबन्ध
यहाँ उल्लेख गर्न खोजेका तरकारीहरुको बारेमा सबैलाई थाह भए पनि यहाँको बौदिक खुराकको लागि फरक स्वादमा पस्कने कोशीस गरेकोछु। यहाँलाई पक्कै यो टेस्ट नयाँ लाग्ने मेरो विश्वाशछ।


१) आलु
नेपालको हिमाल देखी तराइसम्म फल्ने आलु संसारमा यो नपाईने साहेत देश नहोला।
माटोमा मात्रा नफलेर मान्छेको तालुमा पनि फल्छ। त्यसैले फलानाको तालुमा आलु फलेछ भनिन्छ। माधव नेपाल,झलनाथ खनाल र बाबुराम भटराइको तालुमा आलु फलेकाले प्रधान मन्त्री भए। तर बिचरा राम चन्द्रले १८ पटका र प्रचन्डले सात पटक आलु खाए। त्यसो त आलु खानु भन्दा झन फलाउन पक्कै गार्हो कुरा हो। गिरिजा बाबुले त्यती राम्रो आलुकट तालु भाएर पनि आलु फलाउन नसक्दा राष्टपति बन्ने धोकोको पोको सङ्गै लिएर गए । राम बरण यादवको तालु ठुलै आलु फले पनि कस्को बाउको के लाग्यो। आलुको महिमा अपरमपार छ। एउटा आलु सडेपछी भने यसले अरु आलुलाई पनि बिस्तारै सडाउदै लैजान्छ। यो स्वोवाभ चाँही नेपाली नेतासँग मिल्दोछ।
नेताहरुले पनि अफु सडेपछी बिस्तारै पार्टी,समाज, देश सडाउदै लगेकाछन। कालु पाडे सन्तान भएर पनि उनिहरु आलु पाडे भएकाछन। अज यि आलु नेताले गर्दा देश र जनाटकओ अबस्ता झन बिग्रदै गएकोछ । यि आलुलाई समयमा उखलेर फालिएन भने
हामी पनि हामी पनि आलु झै सड्ने भन्ने कुरो कृषि बिज्ञको  ठहरछ।




२: फर्सी
यो काचोमा हरियो र पाके पछी सुनौलो देखिए पनि फर्सी,फर्सी न हो। पकाएर खाए पनि,उशिनेर खाए पनि यसले स्वादे जिब्रोलाई छल्न सक्दैन। तर पनि यसले आँखालाई सजिलै छल्न सक्छ। यो भित्र भित्र जती सडेर गए पनि आफ्नो दुर्गन्धलाई छोप्न नेपाली नेता भन्दा सिपालुछ। हाम्रा नेताहरु पनि आफ्नो पार्टीभित्र जती नेता, कार्यकर्ता जती सडे पनि फर्सिको सिको गरेर ढाकछोप गर्न लागिपरेकाहुन्छन। बिचरा कोही बेउमेर पाक्छन र थाक्छन्। फर्सी फुटे पछि गनाउछ भने नेता न फुट्दै गनाउछन । 




३) मुला
सेतो रातो रङ्गमा पाइने मुला काँचो, पकाएर जसरी खाए पनि पचाउन सकिन्छ ।
अझ यसले हामीले खाएको कुरालाई पचाउन मद्घत गर्छ भनिन्छ। र पनि यसलाई मुला, मुला न हो भनेर हेपिन्छ। त्यसैले अदुवा खाइ सभामा बस, मुला खाइ बनमा पस भनिन्छ । राजनीति पनि यस्तै मुला भएर होला, यसमा लागे पछी कोही भुमीगत बसेको,कोही बन पसेको देखिन्छ। राजनीति गर्नेहरुले पनि जे जती खाए पनि मुलाले झै सर्लक्क पचाउछन। आजसम्मा साझा बस देखी ट्रलीबस, रेल देखी खेल,सडक देखी सदनसम्म जे जती खाए पनि कसैलाई तलउपर,झाडा पखला लागेर  अस्पातल भर्ना भएको खबर सुन्न,पढनमा आएकोछैन। कहिले काही अस्पातलअले(अक्तियार)फलानो यती धेरै खायो भनेर उपचार गर्न खोजेको देखिए पनि जनतमा त्यो पनि उही ड्याङ्गको मुला न हो भन्ने धारणा पाईन्छ।

   

गरीब हुँदा म

Written/Posted by prem oli Friday, 26 August 2011 12:25

( 3 Votes )



म गरीब भएर
चलाई राखेको भए पनि ठेला
र तिमीले यसको
चिन्ता लेइ राखेको बेला
मलाई
अर्को पिडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा  चामल नहुँदा
भोक भोकै बस्दा पनि
छोराको उपचार गर्न नसकी
शोक शोकै बस्दा पनि
मैले बाँच्न सिकेकोछु
मैले हास्न सिकेकोछु
किनभने
भोक मेरो नसा भएको
शोक मेरो नसा भएकोछ ।


अब मलाई
पेदा होइन
पिडा भए पुग्छ
खीर होइन
पीर भए पुग्छ
किनभने
बियोग मलाई
भाङ भन्दा मिठो लाग्छ
बिजोग मलाई
अफिम भन्दा छिटो लाग्छ
त्यसैले
तिमीले मलाई
गरीबीको रेखा मुनी राखे पनि
सडक, पुल मुनी फ्याके पनि
मलाई कुनै आपत्ति छैन
मलाई कुनाइ बिपत्ती छैन ।


मेरो नाममा
भोज,भातेर, सेमिनार गर्नेहरु
मेरो मममा
धन,सम्पत्ति जोडन मर्नेहरु
सुखहरुमा तिमी जियू
दु:खहरु मलाई देऊ
तिम्रो धुखको बिष
म घुटक्क पिइदिन्छु
तिमी सुखमा भट्किरहेको बेला
तिमीलाई सुख खट्किरहेको बेला
म दु:खमा पनि
आनन्दले जिइदिन्छु।
मलाई एक छक खाना नभए पनि
मलाई तिम्रो कुनै साथ नभए पनि
बेदना पिउदा पिउदै
समबेदना जिउदा जिउदै
झुपडिमा पनि रमाउन सक्छु
पसिनामा खुशी कमाउन सक्छु
मलाई गरीब हुनुमा
कुनै चिन्ता छैन भने
तिमी महलमा बसी
गरिबको चिन्ता नगर
गरबिको सुर्ता नगर
बरु सक्छौ भने
हाम्रो नाउमा अझ भ्रष्टचार गर
हाम्रो गाउमा अझ अत्याचार गर
सक्छौ भने अझ
तिमी र हामी बिच
एउटा ठुलो खडल खान
म त्यो खाडलमा खस्दा पनि
म त्यो खाडलमा फस्दा पनि
खुशीका साथ जिउनसक्छु
र त्यो बेला
तिम्रो दु:ख पनि
एक घुट्किमा पिउनसक्छु।

   

घरको भाग

Written/Posted by prem oli Friday, 12 August 2011 16:28

( 2 Votes )

१)  घरको भाग


क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्दहरुलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।


ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युबा जोडीहरुलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।


ग) छानो
घरको इजत लुकाउने
पानी पर्दा जोगाउने
आत्महत्या गर्नेलाई सघाउने
बलियो रुख ।


घ)मोकेलो
घरको आँखा
छोराको भर्र्याङ् 
सुलसुलेलाई घरको
अन्द्रा हेर्ने दर्पन।


२) कारागार
सज्जन
दुज्जन
चोर र डाँका
पागल र फटाह
उडुस र उपैया को
खाध सङ्कलन केन्द्र।


३)माया
मर्न नसक्ने
बाँच्न नचाहने
दोसादमा अड्किएको
आर्यघाट लगेको मान्छे।


४)महङ्गी  नियन्त्रन
त्रिसुलीलाई थुनेर
माछा मार्ने
माझी दाइकोको सपना।

   

Page 1 of 46