Home Business अमेरिकामा घर किन्ने ६ लाखको फ्लाट ३ मै
Custom Search

अमेरिकामा घर किन्ने ६ लाखको फ्लाट ३ मै

( 8 Votes )

आज अमेरिकामा कति नेपाली छन् तोकेर भन्न सकिन्न- तरपनि यो संख्या लाखौंमा छ भन्न हच्किनु पर्दैन । यद्यपि विदेशमा को नेपाली हो वा होइन भन्ने पहिचान गर्ने आधार कुनै नागरिकतापत्र हुँदैन- भाषा र संस्कृति मात्र हुन्छ । नेपाली भाषा बोल्ने र दशैं-तिहारजस्ता संस्कृति मान्ने सबै एउटा समुदायका रुपमा रहेका हुन्छन् । यही समुदायमा केन्द्रित भएर लेखक केही अनुभव साट्न चाहन्छ- अमेरिकाको आर्थिक मन्दी र घर खरिद गर्ने मानसिकतामा रहेका नेपालीलाई ध्यानमा राखेर ।इतिहास हेर्दा अमेरिकामा नेपालीहरुको अध्यागमन सुरु भएको बीसौं शताब्दीबाटै देखिन्छ । पहिलाको तथ्यांक हेर्दा अमेरिकामा नेपाली ुअन्य एसियालीु का नाममा अभिलेखीकृत भएको पाइन्छ नेपाली भनेर छुट्याएको देिखंदैन ।Flag-Pins-USA-Nepal १८८१ देखि १८९० सम्म अमेरिकामा ुअन्य एसियालीु को संख्या १ हजार ९ सय १० रहेको तथ्यांक विकिपेडियामा संकलित छ । तर नेपालीहरुलाई अमेरिकाले १९५० देखि मात्र ुनेपालीु शीर्षकमा अध्यागमनको सूची प्रदान गरेको हो । यसअनुसार १९७४ मा नेपालीको औपचारिक प्रवेश अंक ५६ रहेको थियो भने १९९० को जनगणनामा हाम्रो संख्या २ हजार ६ सय १६ पुगिसकेको छ । १५ वर्षमा ३ हजार पुगेका नेपाली अर्को २० वर्षमा ७ हजार मात्र पुगेहोलान् भनेर कसैले अनुमान गर्छभने त्यो हास्यास्पद हुन्छ । किनभने वृद्धि दर नव्यको दशकमा १५ थियो भने आज एक हजार पुगेको पनि हुनसक्छ । अहिले अमेरिकामा घर किनेर बस्ने स्तरका नेपालीको संख्या नै कम्तीमा १० हजार हुनुपर्छ भन्ने यस लेखकको अनुमान छ । यस अनुमानमा अरु केही नभए पनि २० वर्ष लामो अमेरिकामै रहेर यस मुलुकलाई चिनेको अनुभवको आधार छ ।  अब लेखको मूल विषयमा केन्द्रित होऔं ।

यस लेखका लक्षित पहिलो श्रेणीका पाठक त्यही १० हजारको संख्यामा रहेका नेपाली हुन्- उनीहरुले कि त अमेरिकाको कुनै ठाउँमा घर-फ्लाट किनिसके कि त किन्ने प्रयासमा छन् । उनीहरुलाई सात वर्षअघि ४ लाख ५२ हजार डलरमा अमेरिकामा फ्लाट किनेर अहिले पुरपुरोमा हात लगाएर बसेको यस पङ्क्तिकारको अनुभव कम चोटिलो हुनेछैन । करिव ५ लाख डलर तिरेको घरको सरकारी मूल्यांकन आज ३ लाख २५ हजार हुँदा एक सामान्य परिवारको नेपालीको आर्थिक हैसियतले कसरी थेग्ला तपाईं आफै अनुमान लगाउन सक्नुहुन्छ । अझ कुरा यति मात्र होइन ३ लाख २५ हजार डरको घर मानेर राज्यले ममाथि कर उठाउँछ तर मैले यो घर बेचें भने २ लाख ५० हजारभन्दा बढी पाउँदिनँ । अर्थात बजार मूल्यभन्दा बढीको कर तिनर््ा मलाई राज्यले वाध्य पारेको छ । अर्कातिर मेरो वाध्यता हेर्नुहोस् किस्ताबन्दीमा बैंकबाट ऋण लिएर किनेको घरको कर्जा ३ लाख ३० हजार तिर्न बाँकी नै छ । २ लाख ५० हजारभन्दा माथि घर बेचे पनि पाउँदिन । मलाई घर टोक्नु न बोक्नु भएको छ

। एकातिर सरकारी मूल्यांकन आपत्तिजनक छ । सरकार करका लागि बजार मूल्यभन्दा बढी मूल्यांकन गरिदिन्छ । गुनासो गर्दा सुन्दैन । मजस्ता नेपालीले घर किन्नका लागि दैनिक १२-१४ घण्टा काम गरेर ब्लडप्रेसर र सुगरका विरामी बन्नुपर्छ । अब आज आएर मन्दीले यस प्रकारको दुर्दशा बनाउनु र सरकारले कठिन अवस्थामा परेका आफ्ना नागरिकको संरक्षण गर्न नसक्नु राज्यको कमजोरी होइन कसरी भन्ने ! अमेरिकालाई संसारकै स्वर्ग ठानेर आउनेहरु आज नेपाल नै स्वर्ग ठान्न थालेका छन् । नेपालमा कम्तीमा बाबुआमा मरेपछि पैत्रिक सम्पत्ति छोरा-छोरीका नाममा स्वतः हस्तान्तरण हुने चलन छ तर अमेरिकामा छैन । सरकारले छोरालाई ुतैंले सित्तै सम्पत्ति पाइस् त्यसका लागि अतिरिक्त कर तिर भन्छ नतिरे बाबुको सम्पत्ति पनि छोराछोरीले पाउँदैनन् । सन् २००३ देखि ५ मा अमेरिकामा जसले घर किने उनीहरु नराम्रोसँग फसे । किनभने त्यो बेला आर्थिक मन्दीको घोषणा भएको थिएन बजारमा फौबाजारहरुले यस्तो हंगामा सिर्जना गरेका थिए कि घरमा लगानी गर्नु भनेको लगानीका कुनै पनि क्षेत्रभन्दा यो उत्तम हो भनेर देखाइरहेका थिए । तर आज कुनै शहरमा त घरको मूल्य ५० देखि ६० प्रतिशतसम्म घटेको छ ।

घर किन्न मैले विभिन्न बैंकबाट ६ देखि ८ प्रतिशतसम्म व्याज तिरेर ऋण लिएको छु । आजको बजारमूल्यमा म घर बेच्न पनि सक्तिनँ आधा मूल्य घटेर कसरी बेच्ने  बेचिनै हाले पनि मैले बैंकबाट कुनै छुट पाउँदिनँ । बैंकबाट लिएको ऋण तिर्न नै नपुग्ने भएपछि के बेचाइ भयो र !  सरकारले निजी सम्पत्तिको मूल्यनिर्धारण गर्दा विगत तीन घरको कारोबार हेर्छ । जस्तो आजको मितिमा त्यस प्रकारको निर्धारण गर्ने होभने ३१ मार्च २०११ भन्दाअघि मेरो घर भएको एरियामा  कति मूल्यमा घर किनबेच भयो भन्ने अभिलेख हेर्छ । तर उसले गरेको मूल्यांकन यथार्थमा होइन जनताबाट बढी राजस्व उठाउने मनोविज्ञानबाट प्रभावित हुने गर्दछ ।यद्यपि आजका मितिमा बजारमूल्यअनुसार घर किन्न पाउने हो भने जो नेपालीसँग अलिकति पसिनाको कमाइ छ किने हुन्छ । जसको आम्दानी १ लाख डलरभन्दा माथि छ नगदमा नभई चेकबाट भुक्तानी पाउनुहुन्छ  आम्दानीमा स्थिरता छ भने मात्र घर किन्नु बुद्धिमानी हुनेछ । तीन वर्षअघि ६ लाख पर्ने घर आज ३ लाखमा पाइएको छभने खरिदका लागि योभन्दा उत्तम अर्को समय हुन सक्तैन ।