केलिफोर्नियामा दशैं शुभकामना कार्यक्रम भब्य रूपमा सम्पन्न
Written/Posted by PeopleBoat_पिपलबोट.कम Wednesday, 05 October 2011 07:25
केलिफोर्निया , अमेरिका, अक्टुबर २ | नेपली मूलका विधार्थी तथा युवाहरु माझ सर्भादिक लोकप्रिय संस्था "द हृवाट जोनले" आफ्नो अनेकौ सफल कार्यक्रम पछि बिगतका वर्ष हरुमा झैं यस पालिपनी महान चाड दशैको शुखद उपलक्ष्यमा सवै नेपाली पन र नेपाली मनलाई एउटै सुत्रमा वाध्ने र एक आपसमा स्नेह अभिवृद्घी गर्दै शुभ कामना आदान प्रदान गर्ने उदेश्यका साथ "दशैं फन थ्री" कार्यक्रम भब्य रुपमा मनाएको छ |

करिव ५०० सय जनाको उपस्थिति रहेको सो कार्यक्रमको मुख्य आकर्षणहरु :खसीको मासु र चिउराका साथ स्वादिसठ नेपाली परिकार, संस्कृतिक कार्यक्रम , बाल- बालिकाका लागि बिशेष मनोरंजनको वेबस्था , र्य्फल चिट्ठा तथा नाज गान रहेको थियो | मात्र $३ सुल्क रहेको सो कार्यक्रम मध्यान्न १२:०० देखि ६:०० सम्म चलेको थियो |

सचिन घिमिरेद्वारा संयोजन गरिएको सो कार्यक्रममा नमिता नेपाल तथा सुर्य मोक्तानले उदघोषण गरेका थिए भने 'द हृवाट जोन' केलिफोर्निया च्याप्टर सभापति ग्याल्पो योन्जन तामांगले उपस्थित सबै लाई विजय दशमीको शुभकामना तथा धन्यवाद ब्यक्त गर्नु भएको थियो |

| < Prev | Next > |
|---|


