कलिफोर्निया को बे एरियामा नेपाली एकताको उकाली
Written/Posted by Anil Pandey Saturday, 24 September 2011 17:32
( 5 Votes )
क्यालिफोर्नियाको सनप्रुानसिस्कोमा सेप्टेम्बर महिनाको तेस्रो शनिबार नेपाल पर्यटन वर्ष २०११ लाई सघाउने उद्देश्यले एक सांस्कृतिक झांकीयुक्त प्रदर्शनीको आयोजना गर्ने सफलता मदरल्याण्डलाई मिल्यो । त्यस संस्थाको संस्थापक अध्यक्ष रहेका कारण यसले थरिथरिका अनुभव सँगाल्ने अवसर पनि पायो ।
अमेरिकाको बे-एरियामा सकि्रय मदरल्याण्ड नेपालको नेतृत्व तथा यस क्षेत्रमा कार्यरत करिब नेपाली सम्पूर्ण संस्थाको सहयोगमा साचालित सो झांकीयुक्त जुलुसमा लाखेनाच नेवारी तामाङ र दौरा सुरुवालमा सजिएका करिब दुई सय नेपालीको सहभागिता थियो । पावल स्ट्रिट युनियन स्क्वायरमा आयोजित सो प्रदर्शनमा ५० भन्दा बढी विभिन्न नारा लेखिएका प्लेकार्डको प्रयोग गरिएको थियो । नेपाल संसारको स्वर्ग हो सगरमाथा र बुद्धको भूमिमा विश्वका नागरिकलाई स्वागत छ पर्यटन वर्ष २०११ मा सहभागी बनौं आदि नारा लेखिएका प्लेकार्ड र झांकीप्रति अमेरिकी नागरिकको उत्साहजनक सहभागिता थियो । नेपाल चिनाउनका लागि निकै सार्थक मानिएको सो कार्यक्रममा परिचय पुस्तिका ब्रोसर पनि तयार पारेर वितरण गरिएको थियो । साचारमाध्यमहरुले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएर प्रकाशन-प्रसारण गरेको पनि मैले पाएँ । यसका लागि म सहभागी र सहयोगी सबैप्रति हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु । तर यो आभार र प्रसन्नताको बाटो मात्र िहंडेर हामी नेपालीले सम्पूर्ण रुपको एकता र सहकार्य गर्नभने सम्भव छैन । औपचारिकताले मात्र मान्छेको न त पेट भरिन्छ न त मन नै । चिन्तनको विकासका लागि भानिज र ज्वाईंलाई देखाउने औपचारिकता होइन छोरा र नातिलाई देखाउने प्रेमपूर्ण आक्रोश पनि उत्तिकै आवश्यक हुन्छ । मितिनीलाई देखाउने मायाभन्दा छोरीलाई गरिने प्रेम आवश्यक हुन्छ ।
अमेरिकामा रहेको नेपाली समाज त्यति नै चिरामा विभाजित छ जति नेपालमा दल र समूहहरु छन् ।
यसरी हेर्दा नेपाली डायस्पोरामा एक पृथ्वीनारायण शाहको जन्म हुनु आवश्यक छ- जसले साँच्चिकै एकीकरण गर्न सकोस् । पृथ्वीनारायणको जन्म आपुूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षपाती ठान्ने नेपाली कांग्रेस एमाले एमाओवादी मधेशी लोकतान्त्रिक फोरमबाट भए उसको पछि लाग्न अनिल पाण्डे तयार छ । साझा झण्डा बनाएर कुनै क्षमतावान नेपाली अघि लाग्छ भने मदरल्याण्ड नेपालजस्ता संस्था उसको पछि लाग्ने मात्र होइन उसलाई काँधमा बोकेर दौडिन पनि तयार हुनेछन् ।
तर पूर्वाग्रह र संकीर्ण मानसिकताले घाँटीसम्म बास गरेको व्यक्ति नै लोकतान्त्रिक गणतन्त्रको दुहाइ दिन्छ र नेपाल पर्यटन वर्ष सफल पार्न आयोजना गरिएको कार्यक्रममा सहभागी हुन चाहँदैन भने त्यस्तो ुलोकतान्त्रिक गणतन्त्रु ले राष्ट्रियताको पक्षमा कुनै योगदान दिन सक्नेछैन । यो मेरो विश्वास हो । विगत दुई दशकदेखि अमेरिकामा रहेको र खासगरी क्यालिफोर्निया राज्यलाई नै आपुनो कर्मभूमि बनाएको यसले नेपाली समुदायमा जुन एकता देख्यो त्यसले यसलाई अत्यन्त हर्षित गरायो । यद्यपि त्यो एकता पर्याप्त थियो भन्ने चािहं होइन यसले पूर्ण एकताका लागि नेपालीले लामो उकालो िहंड्न बाँकी रहेको पनि महसुस गर्यो
| < Prev | Next > |
|---|



