Home Blog Bay Area कुरा भन्दा काम बढी गरेर देखाउनु पर्छ : रेशम तामांग
Custom Search

कुरा भन्दा काम बढी गरेर देखाउनु पर्छ : रेशम तामांग

( 5 Votes )

भर्खरै उत्तरी क्यालिफोर्निया बासी नेपालीहरुको सबै भन्दा पुरानो सस्था न्यान्सीको चुनाब सकिएको छ । यसै सन्दर्भमा " कुरा भन्दा काम बढी गरेर देखाउनु पर्छ,  मानिस ठुलो भन्दा पनि असल बन्नु पर्छू"  भन्ने मान्यता राख्ने समाज सेवी तथा  अध्यक्षका प्रत्यासी  उम्मेरद्वार श्री रेशम तामांग संग जनपुकार डट कम  प्रतिनिधि द्वारा हालसालै गरिएको छोटो कुराकानी  । प्रस्तुत छ त्यही कुराकानीको केही अंशहरु ।

 

तामांग जी  तपाईको सानो परिचय दिनु होस् न ?
- म रेशम तामांग बिगत ८ वर्ष देखी सन् फ्रान्सिस्को शहरमा  स-परिवार बसी रहेको छु ।  नेपालको चाही काभ्रेको गिम्दी नारायणस्थान गविस हो ।  कानपुर मा बि काभ्रेबाट २०५१ मा  एस एल सी गरि कलेज चाही  सरस्वती  क्याम्पस काठमाडौँ  पढेको हु ।  अमेरिकी सिनेटरको छोरीले नेपालमा चलाएको संस्थामा  रेडियो फ्री एशिया (RFA)  उनिको सहायक भएर केहि वर्ष काम गरे्र हाल अमेरिकामा आएर पनि  नेपालीहरुको  संस्था न्यान्स (NANC) को प्रथम उपाध्यक्ष भएर काम गरे ।
Resham

 

 

तपाई यतिको योग्य हुदाहुदै पनि चुनाब हार्नु भयो, चुनावी परिणामलाइ यहाले कसरी लिनु भएको  छ ?
- मैले सोचे जस्तो परिणाम आएन ।  अन्तरिक, राजनैतिक र जातिगत  गुटबन्दीको कारणले केही भोटको अन्तरले मैले हार खेप्नु परयो । लोकतन्त्रमा मतदान बाट गरिएको निर्णय नै अन्तिम हुन्छ । त्यसलाई म मान्दछु, चुनाबको आश्चर्य लाग्दो परिणाम त अझ्झ मेरो प्यानल को  प्रथम उपाध्यक्ष राज कुमार गुरुङ  हार्दा लाग्यो, यिनी बिगत ११ वर्ष देखि निरन्तर समाज सेवामा लागिरहेका व्यक्ति हुन् तर यिनलाई समाज सेवामा एउटा  सिन्को सम्म नाभाचेका व्यक्तिले हराए, त्यसै गरि कोषाध्यक्ष जुन कार्यभार सम्हाल्न जोड घटाऊ मात्र जानेर पर्याप्त हुदैन, हाम्रो प्यानलका कोषाध्यक्ष  गंगा के सी  जो (एम बि ए / एम पी ए)  यानिकी डबल डिग्री, सम्बन्धित बिषयमा बिज्ञ तथा न्यान्स कार्य समितिम़ा पनि बसेर दुइ बर्ष काम गरी सकेको व्यक्ति हुदा हुदै पनि वहाँले हार्नु पर्यो ।  मलाई के लाग्छ भने हाम्रो प्यानल का व्यक्ति हरुको बारेमा मतदाता हरुलाई समयमै जानकारी गरौँन नसक्नु पनि हार्नु को अर्को कारण हुन् सक्छ ।...

 

 

 

के कति कारणले तपाई हार्नु भयो जस्तो लाग्छ ?
- हामीले हाम्रो क्षमता र समाजमा गरेको योगदानको  बारेमा नया सदस्य ज्युहरुलाई समयमै बुझाउन सकिएन ।   निराधार कुरा उचाली केही साथीहरुले जातिवादी लेख तथा इमेलहरु सम्प्रेसन गर्नु भयो जुन कुराले हामीलाई अफ्ठेरो बनायो ।  त्यसै गरी केही सस्थाका सदाबहार अध्यक्ष ज्युहरु मेरो बिरुद्धमा हात धोएर पछि लग्नु भयो ।

 

 

तपाइको बिपक्षले तपहिको बिरोद्धमा अनेक षडेन्त्र गरे भन्ने हल्ला छ नि, तपाईंलाई कस्तो लाग्छ ?
- परिणाम आईसकेको हुनाले अब यसको कुनै अर्थ छैन । केही संस्थाका सदावहार अध्यक्षहरुले मलाई पराजित गर्न निकै प्रयास गर्नुभयो । तपाईंले गर्नुभएको प्रश्न मैंले पनि सुनेको हुँ ।  हावा नचलि पात हल्लिदैंन भन्छन् । यो कुरा सत्य पनि हुनसक्छ ।

 

 

न्यांसको नया नेतृत्वलाइ केही भन्न चाहनु हुन्छ र?
- लोकतन्त्रमा सबैको जित हुन्छ, चुनाब जित्दैमा मात्तिनु अनि हार्नेले पनि आत्तिनु हुदैन । चुनाब पश्चात पक्ष व विपक्ष बिचको प्रतिस्पर्दा कायम रहेको छ चुनाब अघि भिन्नता थियो र एकताको माध्यम चुनाव नै थियो, चुनाव सक्यो सबैलाई समान रुपमा समेट्नु पर्दछ ।  पत्रकारलाई गाली गर्ने, आफ्नो पक्षमा इमेल लेख्न लगाउने, संघ-सस्थाका अध्यक्षहरु कसैलाइ काखा अनि कसैलाई पाखा लगाउने, कुनै गुट उपगुट ले उचालेको भरमा उचालिने गर्नु  हुदैन्र सबैलाई समेटेर लानु पर्छ अन्यथा केही समय पहिले एउटा गुटले गरेको कार्यक्रममा  जस्तो २० र २२ जनामा  मात्र न्यान्सको आगामी कार्यक्रममा सिमित हुनेछ । यदि त्यस्तो भएमा त्यसको जस नेतृत्वको ओरि परि घुम्ने आसे पासे तथा नक्कली समाजसेवीहरुको जत्थाले  लिने छैन ।  अवश्य पनि न्यान्स नेतृत्वले नै लिनु पर्ने हुन्छ जुन हामी सबैको लागि  दुर्भाग्य हुनेछ ।

 

 

अन्तमा तपाइ न्यान्सको  सदस्यहरु  तथा पाठक वर्ग  लाइ केही भन्न चाहनु हुन्छ ?
- अवश्य चाहन्छु,  म लगायत मेरा प्यानलका साथीहरुलाई भोट दिनु हुने तथा तपाईहरु सम्पूर्ण न्यान्सका सदस्यज्युहरुलाई मेरो व्यक्तिगत तथा समुहको तर्फबाट सबैलाई मुरी-मुरी धन्यबाद दिन चाहन्छु । यो न्यान्सको चुनाबलाई सफल पार्न सहयोग पुर्याउनु हुने निर्वाचन आयुक्त श्री रोशन सुब्बा तथा उहाको टिम लगायत  सम्पूर्ण अन्य भोलेन्टियर साथीहरु साथै बिशेष गरी बे एरियाका प्रतिष्ठित मेडियाहरु  (www.janapukar.com),  (www.hamrosamaj.net)   अनि (www.peopleboat.com)  लाइ धन्यवाद नदिइ रहन सक्दिन ।  अन्तमा म रेशम तामांग आगामी दिनहरुमा पनि निरन्तर, निस्वार्थ समाज सेवाम़ा लागि रहने प्रण गर्दछु ।
धन्यवाद

( File Photo ... Photo Courtesy : Govind Shahi)