क्रियटिभ नेपाल यूथ क्लबले फूटबल प्रतियोगितासहित नयाँ बर्ष शुभकामना साँझ २०६९ गर्ने
Written/Posted by People Boat Thursday, 05 January 2012 18:30
( 1 Vote )
अमेरिकाको इष्ट बेमा रहेको क्रियटिभ नेपाल यूथ क्लबले नयाँ बर्ष २०६९ को शुभ उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने तयारी गरेको छ ।
क्लबले फूटबल प्रतियोगितासहित नयाँ बर्ष शुभकामना साँझ २०६९ आयोजना गर्ने निर्णय गरेको छ । क्लबको २ जनवरी २०१२ को निर्णय अनुसार आगामी १ अप्रिलमा फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगिताको संयोजकमा हेमन्त सिटौला र कौशल रानालाई चयन गरिएको छ । प्रतियोगिता हुने स्थान भने हाल तोकिएको छैन । स्थान केही समयपछि तोक्ने क्लबले जनाएको छ ।

यस्तै १५ अप्रिल आइतबार नयाँ बर्ष शुभकामना साँझ २०६९ आयोजन गर्ने निर्णय क्लबले गरेको छ । उक्त कार्यक्रमको संयोजकमा बबिता सिटौला र सुभाष थापालाई तोकिएको छ । कार्यक्रमको स्थान भने निकट भविष्यमा तोक्ने क्लबले जनाएको छ ।
क्लबका सभापति नुरेन बरालले बे एरियाबासी नेपाली समुदाय लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा सहभागी हुनका लागि हार्दिक आह्वान गर्नुभएको छ ।
सन् २००९ मा स्थापना भएको क्लबले प्रत्येक बर्ष पिकनिक आयोजना गर्नुका साथै तिहारमा देउसी भैलो कार्यक्रम पनि आयोजना गर्दै आएको छ । क्लबले तितो सत्य कार्यक्रम लायन्स क्लबसँग मिलेर गरेको थियो । नेपाली फेस्टिबलमा पनि क्लबको योगदान रहेको थियो । क्लबले साना साना भाईबहिनीहरुका लागि प्रत्येक साताको आइतबार नेपाली कक्षा समेत सञ्चालन गर्ने गरेको छ । नेपाली सामुदायिक केन्द्र बनाउनका लागि लगाइएको महापुराणमा सक्रिय सहभागिता जनाई क्लबले ठूलो योगदान गरेको थियो ।

नुरेन बराल अध्यक्ष रहनु भएको क्लबको उपाध्यक्षमा तेज लिम्बु, महासचिवमा सुभाष थापा, सचिवमा शशी प्रसाईं, कोषाध्यक्षमा कमल श्रेष्ठ र सह कोषाध्यक्षमा लक्ष्मी भण्डारी रहनु भएको छ । यस्तै सदस्यहरुमा हेमन्त सिटौला, अशोक भुषाल, कौशल राना, तिलक सुनुवार, बबिता सिटौला राना, अमन क्षेत्री, मोहन गुरुङ रहनु भएको छ भने क्लबको सल्लाहकारमा ईश्वर सिटौला, बिजया सुवेदी तण्डुकार, धमेन्द्र पराजुली, कैलाश थापा, भक्ति प्रसाई र डिल्ली सिजापति रहनु भएको छ ।
Below is the Details of the program :
1. Football (Soccer) Tournament
Date :-04/01/2012 (Sunday)
For more details please contact
Program Coordinators:
Hemanta sitaula :- 510-333-3903
Kaushal Rana :-510-302-8539
2. Naya Barsha Suvakamana Saanjh “2069″
Date:04/15/2012 (Sunday)
For more details please contact
Program Coordinators:
Subash Thapa : 510-439 8991
Babita Rana:-510-621-8803
We will provide more details soon. Let’s work together and make it successful .See you there.
Nuren Baral
President Creative Nepal Youth Club(CNYC)
The White Zone has formed a new chapter in UAE
Written/Posted by People Boat Saturday, 24 December 2011 18:27
( 1 Vote )


अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा न्हूदया भिन्तुना म्हपूजाको आयोज
Written/Posted by Anil Pandey Friday, 28 October 2011 14:03
( 3 Votes )
अनिल पाण्डे - शान्टारोजा क्यालिफोर्निया २७ अक्टोबर । अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा वसोवास गर्ने नेवार समुदायको पहलमा बिहीबार नेपालको मौलिक संवत् नयाँ वर्ष ११३२ को उपल्ाक्ष्यमा शुभकामना आदान-प्रदान गर्नुका साथै विधिपूर्वक म्हपूजाको आयोजना गरियो ।
नेवाः पुचको आयोजनामा सम्पन्न सो कार्यक्रममा करिव ८० नेपालीको सहभागिता रहेको थियो । कार्यक्रममा खाना व्यवस्थापनमा नारायण सवनामी र अन्य प्रबन्धमा बुद्ध महर्जन लागयत धेरै को को सकि्रयता थियो ।
समाजसेवी मास्केले सबैलाई टीका लगाइदिएपछि नेपाल संवत् ११३२ का उपलक्ष्यमा एक जुलुसको आयोजना पनि गरिएको थियो । साँझ साँस्कृतिक कार्यक्रम तथा लाखे नाच पनि प्रदर्शन गरिएको थियो । यसै कार्यक्रमका बीच सहभागी दम्पतीहरुलाई माचमा आमन्त्रित गरेर संक्षिप्त शुभकामना मन्तव्य पनि व्यक्त गर्न लगाइएको थियो ।
म्हपूजापछि भुईंमा बसेर केराको पातमा भोज खाएको दृश्यले नेवारी सँस्कृतिलाई प्रवासमा पनि सजीव राख्न नेपाली समुदाय निकै सकि्रय रहेको प्रमाणित गरेको थियो । नेवाः पुचले विगत वर्षमा पनि यस्तै साँस्कृतिक कार्यक्रमको आयोजना गरेर नयाँ नेपाल संवत् तथा तिहार मनाएको थियो ।
More Articles...
- RAMJHAM HIMALI SAANJH 2
- अमेरिकामा घर किन्ने ६ लाखको फ्लाट ३ मै
- प्रस्तावित सामुदायिक केन्द्रका संबन्धमा सन्नी सगरमाथा समाजको निर्णय
- More than 10,000 Facebook account hacked by Nepali Hackers named 'TeamSwaSTika'
- उत्तर क्यालिफोर्नियामा अभुतपुर्व काँग्रेस एकता प्रदर्शन
- Apple's New iPhone in Market 'iPhone 4S' , No iPhone5
- केलिफोर्नियामा दशैं शुभकामना कार्यक्रम भब्य रूपमा सम्पन्न
- NAGC INTERNATIONAL ELECTION NOTICE
- प्रत्यक्ष जनसरोकारसँग खेलबाड गर्नेहरु नउम्कियून्
- कलिफोर्निया को बे एरियामा नेपाली एकताको उकाली
Page 1 of 17
Blog


