प्रत्यक्ष जनसरोकारसँग खेलबाड गर्नेहरु नउम्कियून्
Written/Posted by रामहरि पण्डित Tuesday, 27 September 2011 19:39
( 1 Vote )
देश सङ्क्रमणकालमा गुजि्ररहेको अवस्थामा सबै प्रशस्त फइदा लुट्न चाहन्छन् । समाजलाई अराजकतातर्पु धकेल्न सल्बलाउने डनहरुले सबैभन्दा बढी लुटको धन फुपूको श्राद्ध गरेका छन् भनेको त त्योभन्दा पनि बढी लुट त गुणस्तरहीन उत्पादन गर्ने गराउनेहरुले पो गरेका रहेछन् । दण्डहीनता चुलिँदै गइरहेकोले यहाँ जसले जे मन लाग्यो त्यही गरिरहेको स्पष्ट देखिँदै छ । खाद्यवस्तु पेय पदार्थ औषधिलगायत सबै चिजहरुमा बकाइदा मिसावट भएको प्रमाणले जनआक्रोस बढ्दै गएको पाइएको छ । प्रत्यक्ष जनवीविकाको सरोकारसँग खेलबाड गर्नेहरुलाई चेतावनीमात्र दिएर पुग्दैन तिनलाई असामान्य कारबाही हुनुपर्छ ता कि आउने दिनहरुमा त्यो कारबाहीको स्मृतिले त्यस्ता कु_ित्सत घृणित र जघन्य अपराधरुपी काम गर्न आँट गर्नेलाई्र हिम्मत नपलाओस् ।

तीन वर्ष अघिमात्र छिमेकी देश चीनमा दूधमा अखाद्यवस्तु मिसाएको प्रमाण भेटेपछि आधा दर्जन व्यक्तिहरुलाई मृत्युदण्डको सजायँ दिइएको थियो । हामी कहाँ त मृत्यदण्ड दिने व्यवस्था पनि छैन फेरि मृत्युदण्ड दिनु चाहिँ नाजायज पनि हो । हामी कहाँ त अन्य देशमा उत्पादन भएका वस्तुहरुका उपभोग्य मिति गुजि्रसकेको सामानहरु भटाभट पैठार गरेर आमजनताकहाँ पुर् याइन्छ । नागरिकका लागि यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ । यस्ता कुकार्य गर्ने गराउनेलाई अहिलेसम्म राज्यको उत्तरदायित्वभित्र रहेको निकायले कस्तो कारबाही अगाडि बढाएको छ त नाम चलेका र व्यापक तामझामपूर्ण शैलीमा व्यापार गरिरहेका पसलहरुबाट दूषित एवम् संमिश्रण गरिएका खाद्य तथा पेय पदार्थ खुलेआम बिक्री वितरण भइरहेको छ । धेरै अघिदेखि यस्तो कार्य हुँदै आएको हो । तर पनि कसैलाई ठूलो कारबाही भएको देखिँदैन । गत आर्थिक वर्षमा ११५ व्यवसायीमाथि अनुगमन गरेको खाद्य अनुसन्धान विभागले यही आर्थिक वर्षको श्रावणमा मात्र ८१ व्यवसाय अनुगमन गरेको थियो । सरकारले ती कालाबजारीहरुलाई गिरफ्तार गरेर छाड्नेमात्र कारबाही गरेको देखियो । अहिले पनि समातिएका भ्रष्ट व्यापारीहरु धमाधम छाडिँदै छन् । हामीले तिनका काला कर्तुतमाथि निगरानी गर्नै पर्छ र सरकारलाई पनि खबरदारी गर्नुपर्छ । यो नै आम नागरिकको मूल कर्तव्य हो ।
माओवादी पार्टीका उपाध्यक्ष डा।बाबुराम भट्टराई प्रधानमन्त्री हुनु र संसद्को श्रम तथा अर्थ समितिले श्रम यातायात उद्योग वाणिज्य र आपूर्ति उपसमिति गठन गरेपछि विभागको अनुगमन बढ्नु संयोग नै भएको छ तर पनि डा।भट्टराई प्रधानमन्त्री भए लगत्तै बजार अनुगमनका विषयमा निर्देशन दिएपछि बजार अनुगमनको गति बढेको देखिएको हो । भदौ २४ गतेको राष्ट्रिय दैनिकमा व्यापारीहरुले म्याद नाघेका सामानहरु बिक्री वितरण गरिरहेका समाचार प्रकाशित गरेपछि जनसरगर्मी बढेको हो । प्रधानमन्त्री डा।बाबुराम भट्टराईले निकै महत्वकासाथ सार्वजनिक गरेका राहत कार्यक्रममा बजार अनुगमन गर्न ुफ्लाइग स्क्वाडु को निर्माण गरि सुरक्षाकर्मी सहितको अनुगमन टोली बनाएर कार्टेलिङ सिन्डिकेट गर्ने एवम् कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने मिसावट गरी कालाबजारी गर्ने अखाद्य वस्तु तथा पेय पदार्थ बिक्री गर्ने नापतौल ठगी गर्ने म्याद गुज्रेका उपभोग्य वस्तु बिक्री गर्नेमाथि बजार अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्ने उनको राहत कार्यक्रममा बताइएको छ । प्रायः व्यापारी सबै नै नाफाखोरी र कालाबजारी गरी जनखेलबाड हुने गरेर धनार्जन गर्न पोख्त छन् । यस्तामाथि अब राज्यले कस्तो कारबाही गर्दै छ त्यो भने देख्न बाँकि नै छ । आजभोलि हरेक छापाहरु र विभिन्न टेलिभिजन च्यानलहरुमा सरकार मातहतको अनुगमन टोलीले यहाँ उहाँ अनुगमन गर् यो साथै यी सामानमा विभिन्न मिसावट एवम् गुणस्तरहीन सामग्री भेटियो भन्ने समाचार प्रसारित गरिरहेको छ । यसले के पुष्टि गर्दछ भने नेपाली आम जनतामाथि गुणस्तरहीन काम गर्ने नेपालीले नै आत्मघाती र विश्वासघाती काम गरिरहेका छन् ।
यहाँ गुँदपाक लाखमरी पुष्टकारी त अखाद्य प्रमाणित भए नै । यस्ता खाद्य पदार्थहरु दूध तेल घिउ मसला बेसार चामल दाल सबैमा नै प्रष्ट मिसावट देखिन्छ । ग्याँस पानी औषधि इन्धन आदिमा नाफाखारी र कालाबजारी बढ्दो छ । जता ततै दूषितै दूषित छ । खासमा उपभोक्ता सचेत नहुँदा उनीहरु ठगिएका छन् लुटिएका छन् र मिसावटको मारमा बाँच्न विवश छन् । फेरि हरिया साग सब्जीमा पनि अत्याधिक विषादिको प्रयोगले जनस्वाथ्यमा प्रत्यक्ष असर पुगेको चाँहि कहिले अनुगमन गरिने हो र जनस्वाथ्यमाथि पुगेको असरलाई कम गर्न गराउन सहयोग पुग्ने हो कि होइन भन्ने आममानिसको रोस चुलिएको छ । पसलका हरेक सामानहरुमाथि गुणस्तर परीक्षण गरेर के साध्दे होला कहाँ कहाँ गएर केके मात्रै परीक्षण गर्ने कस्ता नैतिकहीन नीच छुद्र मानसिकता भएका व्यापारीहरु धनार्जन गर्न कस्तो जघन्य अपराधरुपी सोच बनाएर आम जनताका जीवनमाथि खेलबाड गर्न सकेका के तिनलाई पैसा मात्र भए पुग्छ उपभोग्ताको साथ सर्वदा आवश्यक छैन के अब पनि सबै उपभोक्तालाई सोझै ठग्न सकिन्छ भन्ने मानसिकता राखी व्यापार गर्ने भन्ने तीता अभिव्यक्ति सबैले पोखिरहेका छन् । व्यापारीहरु जति बाठा भएका छन् ठीक त्यसैगरी उपभोक्ता पनि सचेत र सतर्क भइदिए भने त्यस्ता व्यापारीहरुको त्यो दिन कहिल्यै नआउने जिकिर गर्न सकिन्छ । फेरि राज्यले पनि तिनका विविध फाइदाको चास्नीमा परी ती निच सोचका व्यापारीलाई कारबाही गरेको नाटक मात्र गर् यो भने चाहिँ उनीहरुको मनोबल बढ्न जान्छ । तर पनि आम जनता सचेत र सकि्रय रहेसम्म तिनका केही जोर चल्न सक्दैन । सामान्य नाङ्गल्ााे पसलॆ किराना सुपरमार्केट सपिङ्ग महलहरुदेखि राजमार्गका होटेलसम्मका व्यापारीहरुले राम्रा सामान स्वस्थ्य सामान गुणस्तरीय सामान आदि भनेर जनता झुक्याई रहेका छन् । आम उपभोग्ताहरुले सामान बनेको मिति उपभोग्य सामानको प्रयोग गर्ने दिन समाप्त भएको मिति गणस्तर प्राप्त चिन्ह प्रायः सबै नै हेरेर सामान लिने गरे केही हदसम्ममा ठगिनबाट आपुूलाई बचाउन सक्छन् ।
दशैँको मुखमा व्यापारीहरुले प्रशस्त नाफा लिन चाहान्छन् । त्यसैले आम जनता सतर्क र सजक हुनैपर्छ । ७५÷६०÷५०÷ प्रतिशतसम्मका परलमूल्यलाई नै घटाएर छुट दिएको आकर्षणको नाटक रचाई जनता छक्याउने तिनका योजनालाई हामीले अवश्य बुझ्नुपर्छ । सर्वप्रथम अनुगमन कहाँबाट गर्ने भन्ने नै सबैलाई चुनौति भएको छ । यातायातमा ब्रम्हलुट छ जनस्वास्थ्यमा झन लुटै-लुट देखिन्छ । तामझामसाथ खोलिएका होटेल व्यवसायमा त्यस्तै जनलुट तथा अखाद्यवस्तु मिसावट भएको छ भन्ने गुनासाहरु पनि सर्वत्र चलेकै छ र प्रमाणित समेत भएको देखिन्छ । बिरामी बोक्ने एम्बुलेन्सहरुले रक्तचन्दन काठ सिटमुनि लुकाएर ल्याउनेजस्तो कु_ित्सत तथा घृणित कार्य गर्ने गरेबाट पनि तिनका अनुगमन पहिले हुने नगरेको स्पष्ट हुन्छ । यसरी नै तस्करी कालोबजारी मिसावट नक्कली सामानलाई सक्कली भनी कारोबार गरिरहेका उदाहरणहरु प्रशस्तै छन् । अब मुर्दा मसानघाट लैजाँदै गर्दा पनि सशङ्कित बन्नु पर्ने अवस्था देखा परेको छ । व्यापारीहरुले दशैँ तिहार वहार भैँसी किन्दा पाडो उपहारभन्नेजस्ता टुक्का वाचेर नाम चलेका कलाकारलाई राम्रो दक्षिणा दिई विज्ञापन गर्न लगाएर आम ग्राहकलाई खुलेआम ठगिरहेको देखिन्छ । अनि तिनका गुणस्तरचाहिँ के कस्तो हुन्छ भन्ने पनि बुझ्नु नितान्त जरुरी छ । खाली भुलभुलैयामा राखेर आम नेपालीलाई कहिलेसम्म ठगिरहने यस्ता काम गर्नेलाई सरकारको गुणस्तर विभागले के कस्तो कारबाही गर्ला भन्ने प्रतिक्षा गर्नुबाहेको विकल्प आम जनतासँग छैन । महमा चिनीको चास्नी मिसाउनु घिउमा पिडालु मिसाउनु दूधमा पानी मिसाउनु तेलमा आर्जिमोन मे_िक्सकाना मिसाउनु दाल चमलमा मसिना ढुङ्गा मिसाएर आम मानवका स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने व्यापारीहरु साच्चिकै द्रव्यपिशाच नै हुन् । यिनीहरुसँग मानवीय भावनाको कििाचत लेस मात्र पनि छैन । यदि तिनका हृदयमा मानवता भन्ने तत्वमात्र भईदिए यस्ता दूराचारपूर्ण काम कारबाही तिनबाट हुने थिएन । उद्योगबाट नै अनेक आकार प्रकार र गुणस्तरका सामानहरु उत्पादन गरिएको हुन्छ । राम्रो गुणस्तर भएको उपभोग्य सामान कम गुणस्तर भएको सामान र कमसल गुणस्तर सामान यिनीहरुमध्येमा आफ्नै मुलुकका जनतालाई सबैभन्दा कमसल गुणस्तरको उत्पादन भिडाएर व्यापारीले गुणस्तरीय उत्पादनकै आर्थिक मेसो मारेका हुन्छन् । उद्योग वाणिज्य महासंघ जस्ता सरोकारवालाहरु नै त्यस्ता काम हुँदा पनि चुप रहनुले कतै उनीहरु स्वयम् त्यस्ता काम गर्न गराउनमा संलग्न भएका छन् कि भन्ने आशंका पनि यत्रतत्र उब्जिरहेकॊ छ । आम मानिसहरुले आखिर धेरै अघिदेखि सहँदै आएका गुणस्तरहीन सामान र अखाद्यवस्तुको मिसावटले शारीरिक मानसिक र भौतिक क्षतिको आँकलन नै गर्न सकेका छैनन् । त्यसैले त्यस्ता गुणस्तरहीन उत्पादन र अखाद्यवस्तुको मिसावट गर्ने तमाम व्यापारी तथा तिनीसँग मिलीभगत हुने सबैलाई कानुनतः उचित दण्डसजाय तोकी आम जनताको मानसिकतामा चुलिएको रोसलाई शान्त पार्नु र शारीरिक क्षति पुगेकालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिरहेका जनसमूहलाई सरकारले जवाफ दिनै पर्दछ ।
| < Prev | Next > |
|---|


